सन नेपाल लाइफले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

९ मंसिर २०८३, बुधबार १६:०२

काठमाडौँ ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न प्रदेशमा रहेका आफ्ना शाखा तथा उपशाखाका लागि शाखा तथा उपशाखा प्रबन्धक पदमा कर्मचारी माग गरेको छ। कम्पनीले आफ्नो सेवा तथा व्यावसायिक उपस्थिति विस्तार गर्ने क्रममा योग्य, ऊर्जाशील, स्वप्रेरित र नतिजामुखी नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

कम्पनीका अनुसार कोशी प्रदेशअन्तर्गत दुहबी, रामपुर, भोजपुर, इलाम, फिक्कल, रबी, खाँदबारी, इटहरी र मिर्चैया तथा जीतपुरमा कर्मचारी माग गरिएको छ। त्यस्तै, बागमती प्रदेशअन्तर्गत भैंसेपाटी, टोखा, पाँचखाल, बनेपा र नुवाकोट तथा गण्डकी प्रदेशको दुलेगौंडामा पदपूर्ति गरिनेछ। लुम्बिनी प्रदेशका हापुरे, राजापुर र शितगंगा तथा कर्णाली प्रदेशको जाजरकोटमा समेत शाखा तथा उपशाखा प्रबन्धक नियुक्त गर्न लागिएको कम्पनीले जनाएको छ।

उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। विदेशबाट अध्ययन गरेका उम्मेदवारले नेपालका सम्बन्धित निकायबाट शैक्षिक समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ। २१ देखि ३५ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। यस पदका लागि नयाँ उम्मेदवारले समेत आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

इच्छुक तथा योग्य उम्मेदवारले कम्पनीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन फाराम भरी आवश्यक कागजातको प्रतिलिपिसहित आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति आगामी मंसिर २३ गते तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*