सिप्रदीमा ४९ ट्राफिक प्रहरीलाई विद्युतीय सवारीसाधनसम्बन्धी विशेष तालिम

१० मंसिर २०८३, बिहीबार १३:५१

काठमाडौं । सिप्रदी ट्रेनिङ सेन्टर, नैकापमा ट्राफिक प्रहरीका लागि विद्युतीय सवारीसाधनसम्बन्धी विशेष तालिम सम्पन्न भएको छ। बग्गीखानाको १५८औँ ब्याचका ४९ जना ट्राफिक प्रहरी अधिकृत तथा वरिष्ठ कर्मचारी सहभागी तालिममा विद्युतीय सवारीसाधनको प्रविधि, प्रमुख उपकरण, सुरक्षा सावधानी र आधारभूत प्राविधिक पक्षबारे जानकारी प्रदान गरिएको थियो।

तालिमका क्रममा विद्युतीय सवारीसाधन दुर्घटना हुँदा अपनाउनुपर्ने आपतकालीन उद्धार तथा प्रतिकार्य प्रक्रियाबारे समेत प्रशिक्षण दिइएको थियो। विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा ट्राफिक प्रहरीको प्राविधिक ज्ञान र सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सिप्रदीले जनाएको छ।

यस्ता तालिमले विद्युतीय सवारीसाधनसँग सम्बन्धित दुर्घटनाको समयमा प्रभावकारी उद्धार तथा व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*