आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज बिहीबार नेप्से सूचकांक १०.८९ अंकले घटेर २६३६.७५ को विन्दुमा कायम भएको छ । यसदिन नेप्सेमा सूचीकृत ३५५ कम्पनीहरुको १ करोड ४६ लाख ६३ हजार १८५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यसदिन हिमालयन ऊर्जा विकास कम्पनी, पिपुल्स हाइड्रोपावर, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, साहस ऊर्जा, ग्लोबल आइएमई बैंक, हाथवे इन्भेष्टमेण्ट नेपाल, कुमारी बैंक, रिलायन्स स्पिनिङ मिल्स र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।











