बालेन्द्र शाह चीन भ्रमणमा जाने तयारी सुरु, माघको पहिलो साताभित्र बेईजिङ यात्रा

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाहको चीन भ्रमणको तयारी सुरु भएको छ । भर्खरै भारत भ्रमणबाट फर्केका सरकार प्रमुख बालेन्द्र शाह आगामी माघको पहिलो साताभित्रैमा बेईजिङ भ्रमण गर्नेछन् ।
काठमाडौंस्थित चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारीहरूसँग भेटवार्ता गरी बालेन्द्र शाहको चीन भ्रमणबारे पहल भइरहेको जानकारी दिएको कान्तिपुरले प्रकाशित गरेको छ ।
राजदूत माओमिङले बालेन्द्र शाहको चीन भ्रमण आगामी फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै गराउने गरी पहल गरिरहेका छन् । नेपालका प्रधानमन्त्रीको चीन भ्रमणको तयारी छिट्टै अघि बढाउन चिनिया पक्ष समेत तयार भएको छ ।
पछिल्लो समय नेपालमा फ्रि तिब्बत सम्बन्धी गतिविधिहरु बढ्दै गएका कारण चिनियाँहरु असन्तुष्ट रहेको भन्दै चर्चाभइरहेको बेला प्रधानमन्त्रीसहितको टोलीको चीन भ्रमण गराउने तयारी अघि बढेको हो ।











