हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

१३ मंसिर २०८३, आईतवार ०७:५२

काठमाडौँ । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहे पनि केही पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार बिहान देशका हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराई भूभागका थोरै स्थानमा हुस्सु र तुवाँलो लागेको छ ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशको हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज दिउँसो देशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार भोलि सोमबार देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*