महानगर प्रमुखमा वालेनको अग्रता थप फराकिलो, केशव स्थापितभन्दा ११ हजार बढीले अगाडि
काठमाडौं । काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले केशव स्थापितभन्दा ११ हजार बढीले अग्रता लिएको छ।यो सामाचार तयार पार्दासम्म वालेन साहले २४ हजार ३२४ मत ल्याउँदा स्थापितले १२ हजार ५७३ मत मात्रै ल्याएका छन् ।
काँग्रेसकी सिर्जना सिंहले १२०९३ मत ल्याएकी छन् । अहिलेसम्म काठमाडौं महानगरपालिकामा ६१३१५ मतगणना भैसकेको छ ।