जनकपुरधाममा तीन दिने महिला हस्तकला मेला सुरु

३ फाल्गुन २०७७, सोमबार १३:१६

जनकपुरधाम । जनकपुरधाममा महिलाहरुको उत्थान तथा सीप प्रबद्र्धन गर्ने उद्देश्यले तीन दिने मेला प्रदर्शनी शुरु भएको छ । महिलाहरूको सीप तथा कलालाई प्रवद्र्धधन गर्ने र यसको प्रचारप्रसारलाई समेत बढावा दिने उद्देश्यले आइतबार देखि जनकपुरधाममा भोलिसम्म महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको हो ।

उक्त प्रदर्शनीको उद्घाटन संघीय सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले गरेकी छिन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री महतोले महिला पुरुषलाई बराबर ठानी महिलाहरुलाई पनि विभिन्न सीप तथा विकासमा अघि बढाउनुपर्ने कुरालाई जोड दिदै कुनै पनि कार्यमा नछुटाईकन कार्य गरेमा मात्र देश समृद्धतर्फ अघि बढ्ने विश्वास समेत प्रकट गरेकी छिन् ।

महिलाहरुको उत्थानका लागि संघ सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य र छलफल समेत गर्ने मन्त्री महतोले कार्यक्रममा जानकारी दिईन् । नेपाल हस्तकला महासंघको आयोजनामा भएको तीन दिने महिला हस्तकला मेला प्रदर्शनीमा ५० भन्दा बढी स्टलहरु राखिएका छन् । उक्त प्रदर्शनीमा स्थानीय स्तरका विभिन्न वस्तुहरू, मिथिला आर्ट, माटाका भाडाहरू, लाहका गरगहनाहरू, प्राकृतिक रेसाका वस्तु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्चिमा, उनी तथा सुर्तीजन्य वस्तु, काष्ठकला र हते कागजजन्य वस्तुहरू राखिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*