आन्तरिक राजश्व विभागको महानिर्देशक बने सह–सचिव आचार्य

८ फाल्गुन २०७७, शनिबार १७:५१

काठमाडौं । सरकारले आन्तरिक राजश्व विभागका महानिर्देशकको जिम्मेवारी झक्कप्रसाद आचार्यलाई सुम्पिएको छ । देशैभरिका कर कार्यालयहरुलाई एक मात्र विभागको प्रमुखको रुपमा आचार्यलाई सरुवा गरेको हो ।

अर्थमन्त्रालयकै वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहेका सह–सचिव आचार्यलाई आन्तरिक राजश्व विभाग प्रमुखको जिम्मेवारीमा पठाइएको हो । आचार्यले राजश्व विभागको महानिर्देशकका रुपमा सरुवा भएको जानकारी दिएका छन् । सो पद गत माघ १ गतेदेखि रिक्त थियो । विभागका तत्कालीन महानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेशमा सरुवा भएपछि राजश्व विभाग नेतृत्वविहिन भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*