राष्ट्रिय बीमा कम्पनीद्वारा विद्यार्थी बीमालेखको बिक्री शुभारम्भ

३ चैत्र २०७७, मंगलवार १८:५९

काठमाडौं । नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले आजबाट विद्यार्थी बीमालेख औपचारिक रुपमा बिक्री शुभारम्भ गरेको छ । सो कम्पनीका सिईओ डा. डिल्लीराज अर्यालले आज एक कार्यक्रमका बीच काठमाडौंको लालीगुराँस बाटिका माविका ८०४ जना विद्यार्थीको बीमा गर्दै विद्यार्थी बीमालेखको औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

सामुदायिक तथा निजि दुवै विद्यालयलाई लक्षित गरी शुरु गरिएको नयाँ बीमालेख लोकप्रिय हुने विश्वास लिइएको राष्ट्रिय बीमा कम्पनीले जनाएको छ । देशभर अध्ययनरत करिब २५ लाख विद्यार्थीलाई लक्षित गरी ल्याइएको विद्यार्थी सुरक्षा बीमालेखले विद्यालय तहमा अध्ययनरत विद्यार्थीको जोखिम वहन गर्नुका साथै बीमाबारे विद्यालय तहमै जनचेतना पुग्ने जनाइएको छ । विद्यार्थी, विद्यालयको भौतिक सम्पत्ति तथा शिक्षक र कर्मचारीहरुको जोखिम बहन गर्ने सो बीमा योजना पहिलो पटक राष्ट्रिय बीमा कम्पनीले सुरुवात गरेको हो ।

सो विद्यालयका कार्यकारी निर्देशक सुदर्शन प्रसाद पराजुली र प्रधानाध्यापक हरी प्रसाद शिवाकोटी तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र अण्डरराइटिंग विभाग प्रमुख सृजना पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेर आजदेखि विद्यार्थी सुरक्षा बीमालेख औपचारिक रुपमा शुभारम्भ गरिएको सो कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*