नेपाल पुनर्बीमा कम्पनीको मुनाफामा गिरावट, बीमा शुल्क आर्जन ५१% ले बृद्धि

६ चैत्र २०७७, शुक्रबार १८:४०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पुनर्बीमा कम्पनीको मुनाफा ३.७१ प्रतिशतले नाफा घटेको हो । यद्यपि नेपाल पुनर्बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने ५१ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले सार्वजनिक गरेको असोज मसान्तको वित्तीय विवरण अनुसार ३९ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको देखिएको छ । कम्पनीको निर्जिवन बीमा व्यवसायतर्फ भने १० दशमलब ९५ प्रतिशतले गिरावट आएको छ । जीवन बीमातर्फ भने ९४ प्रतिशतले बृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीको मुनाफामा तेस्रो त्रैमासमा थप ह्रास आउने अनुमान गरिएको छ ।

गतवर्ष प्राथमिक शेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी १० अर्ब पुगेको छ । कम्पनीको जगेडा कोष ५० प्रतिशतले बृद्धि भएर तीन अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोष पनि एक वर्षको अवधिमा ३७ दशमलब ९८ प्रतिशतले बढेको छ ।

विभिन्न क्षेत्रमा गरेको लगानीबाट कम्पनीले दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ । जीवन तथा निर्जीवन बीमासहित जम्मा खुद बीमा शुल्क आर्जन ५१ दशमलब ७८ प्रतिशतले बढाउन सफल भएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले दुई अर्ब ३३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमातर्फ नौ करोड ९६ लाख रहेकोमा निर्जीवनतर्फ भने दुई अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको यसै अवधिमा दाबी भुक्तानी पनि ६५.१६ प्रतिशतले बढेको छ । दाबी भुक्तानी बढ्दा नाफामा गिरावट देखिएको हो । कम्पनीले जीवन तथा निर्जीवन दुबै तर्फ जम्मा ५४ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । निर्जीवन व्यवसायतर्फ भने ५१ करोड ११ लाख रुपैयाँको दाबी भुक्तानी परेको छ ।

पुनर्बीमा कमिसनका लागि पनि यस त्रैमासमा ५६ प्रतिशतले खर्च बढेको छ । कम्पनीले यस त्रैमासिक अवधिमा पुनर्बीमा कमिसनका लागि ६० करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ । पुनर्बीमा व्यवसायमा व्यवसाय पाउनका लागि बीमा कम्पनीहरुलाई तथा ब्रोकरहरुलाई कमिसन दिनु पर्ने हुन्छ ।

नाफामा गिरावटका साथै पुँजी बृद्धिपछि प्रतिशेयर आम्दानी तीन रुपैयाँले घटेको छ । पहिलो त्रैमासिक अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*