मेगा बैंकद्धारा भोलारामको परिवारलाई बीमा वापतकोे ७ लाख हस्तान्तरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापत सात लाख रुपैँया प्रदान गरेको छ ।
मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बिमा बापतको रकम सात लाख रुपैँया भुक्तानी गरिएको जनाएको छ ।
शर्माको बिद्युत लाइन मर्मतका क्रममा दुर्घटनामा परी भदौ २९ गते मृत्यु भएको थियो । मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशब आचार्य लगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बीमा बापतको रकम हस्तान्तरण गरेको सो बैंकले प्रेस बक्तव्यमार्फत जनाएको छ ।
यसैगरी, कालीगण्डकी एकेडेमीका प्रिन्सिपल एवं गुप्तेश्वर बहुमुखी क्याम्पस पर्बतका संचालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्य, जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन आचार्य, नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराई लगायतको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।
न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताए । यो खाता खोल्ने ग्राहकहरुलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैंयासम्मको व्यवस्था गरिएको बैंकले जनाएको छ ।













