मकर जितुमाया सुरी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?
१६ कार्तिक २०८३, सोमबार १०:५०

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ७६ करोड रुपैयाँको १३ प्रतिशत अर्थात् ९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव गरेको हो।
त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.६८४२ प्रतिशतका दरले ५२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित बोनस शेयर तथा नगद लाभांश विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गरिनेछ।











