नेप्सेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको इकाईमूल्य समायोजन

६ भाद्र २०७९, सोमबार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाईमूल्य समायोजन भएको छ । फण्डले १० प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो फण्डको इकाईमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम फण्डको इकाईमूल्य ९.८३ रुपैयाँका आधारमा नेप्सेले लाभांश वितरणपछिको इकाईमूल्य ८.८३ रुपैयाँ कायम गरेको छ । सोही मूल्यको आधारमा नै भोलि शेयरबजारमा कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*