तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
७ भाद्र २०७९, मंगलवार १५:०५

काठमाडौं । नेप्सेमा सामान्य सुधार आँउदा आज ८५ कम्पनीको शेयरमा सुधार आएको छ । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । रुरु जलविधुत् कम्पनी, मन्दाकिनी हाईड्रोपावर, अपर हावाखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
रुरु जलविधुत् कम्पनीको शेयर १० प्रतिशत, मन्दाकिनी हाईड्रोपावरको शेयर ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने अपर हावाखोलाको शेयर ९ दशमलव ९७ प्रतिशतले बढेको छ ।
त्यस्तै, सानिमा लार्ज क्याप फण्ड, हिमालयन बैंक, एनआईबिएल समृद्ध फण्ड, उपकार लघुवित्त, ग्रिन भेञ्चर, सबैको लघुवित्त र आरबीबी म्युचुअल फण्डको शेयरमा सुधार देखिएको छ ।














