हिमपर्वत हाइड्रोपावरले ४२ लाख कित्ता आइपीओ जारी गर्ने, डाक्यो साधारण सभा

८ भाद्र २०७९, बुधबार ११:३३

काठमाडौं । हिमपर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन प्रस्तावसहित यहि भदौ ८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको साउन ३१ गते बसेको बैठकले सभा भदौ २२ गते कम्पनीको रजिष्टार्ड कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बस्नेगरी आह्वान गरेको हो ।

उक्त सभाले प्राथमिक सेयर (आइपीओ)निष्कासनको विशेष प्रस्ताव अनुमोदन गर्न गरी पारित गर्नेछ । कम्पनीले १४ लाख कित्ता आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ ।
यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हिमपर्वत हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २० मेगावाटको साँघुखोला र ५.५० मेगावाटको साँघुखोला–१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेगावाटका दुई जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*