मन्दाकिनी हाईड्रोपावर र अपर हावाखोलाको शेयरमा दुई दिन निरन्तर सकारात्मक सर्किट
८ भाद्र २०७९, बुधबार १५:०५

काठमाडौं । नेप्से १ दशमलव ६१ अंकले बढ्दा २०५६।५९ अंकले बढ्दा १ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ। आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
मन्दाकिनी हाईड्रोपावर, अपर हावाखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुई दिन निरन्तर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
मन्दाकिनी हाईड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ भने अपर हावाखोलाको शेयर ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।
त्यस्तै, रुरु जलविधुत्, अरुण काबेली, सिन्धु विकास बैंक, अपर सोलु, कुमारी धनवृद्धि योजना, हिमालयन बैंक, गुराँस लघुवित्त, न्यादी हाईड्रोपावर र स्वेत गंगा शेयरमा सुधार देखिएको छ।














