नेप्सेमा एकाएक पहिरो, रोकिएर बजार घट्ने क्रम

१३ बैशाख २०७८, सोमबार ११:५५

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज विहानैदेखि शेयर मूल्यमा उच्च अंकले ह्रास आई पहिरो जाने क्रम रोकिएको छैन । हिजो ठूलो अंकले गिरावट आएको नेप्सेमा साताको दोस्रो दिन सोमबार बजार खुलेको एक घण्टामा ५४ अंकले गिरावट आएको छ ।

प्रि ओपनिङ सेसनमा धेरै नघटेको बजार मूल्य कारोबार सुरु हुने वित्तिकै बिक्रीकर्ताहरुले एकाएक मूल्य घटाएर बिक्री गर्न थालेपछि पहिरो गएको हो । शेयर मूल्य उच्च बिन्दुले घटेका कारण नेप्से परिसूचक २५१७मा झरेको छ । आज अपरान्ह ३ बजेसम्म कारोबार हुने हुँदा एक घण्टा नबित्दै उच्च अंकले घटेकाले सर्वसाधारण लगानीकर्ता त्रस्त बन्न पुगेका छन् ।

सोमबार मात्रै वित्तीय विरण प्रकाशित भएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य पाँच प्रतिशतभन्दा बढि घटेको छ । त्यस्तै सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा पनि घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*