नेप्सेमा राप्ती हाइड्रोको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
१४ भाद्र २०७९, मंगलवार १४:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘आरएचजीसीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै शेयरबजारमा कारोबारमा आउनेछ ।
कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज १०६ रुपैयाँ ३५ पैसा देखि ३१९ रुपैयाँ ६ पैसा पाउने देखिएको छ । नेप्सेले जुन कुनै कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा ओपनिङ्ग मूल्य तोक्ने गर्दछ । कम्पनीको आव २०७७।०७८ को वास्तविक प्रतिशेयर नेवटर्थ १०६.३५ रुपैयाँ रहेको छ ।













