१०.२५ प्रतिशत ब्याजदर भएको सानिमा बैंकको ऋणपत्र सूचीकृत

१४ भाद्र २०७९, मंगलवार १४:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘१०.२५% सानिमा डिबेञ्चर २०८९’ नामक ऋणपत्र आज ‘एसबिडि८९’ सिम्बोलबाट सूचीकृत भएको हो ।

वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको अंकित मूल्य १००० रुपैयाँ दरका कुल ५० लाख कित्ता ऋणपत्र आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*