नेप्सेमा एचआइडिसीएलको संस्थापक शेयर नोट्समार्फत् साधारण शेयर सरह कारोबार गर्न सकिने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को संस्थापक शेयर धितोपत्र दोस्रो बजारमा सजिलै कारोबार गर्न सकिने भएको छ । नेप्सेले आज एक पत्र जारी गर्दै एचआइडिसीएलको संस्थापक शेयर दोस्रो बजारमा साधारण शेयर सरह फ्रिली ट्रेड गर्ने सकिने व्यवस्था गर्ने जनाएको हो ।
कम्पनीको संस्थापक शेयर भदौ १० गते नेप्सेमा ‘एचआइडिसीएलपी’ सिम्बोलबाट सूचीकृत भएको थियो । सूचीकृतपश्चात् शेयरबजारमा कारोबार भएपनि टिएमएस मार्फत लगानीकर्ता स्वयंले दोस्रो बजारमा ‘सजिलै कारोबार हुन नसकेको भन्दै नेप्सेसमक्ष पत्र पठाएको थियो ।
सो अनुसार नेप्सले उक्त कम्पनीको प्रोमोटर शेयर दोस्रो बजारमा अन्य साधारण शेयर सरह सहजै लगानीकर्ताले नोट्समार्फत सजिलै कारोबार हुने व्यवस्था गरेको छ ।














