सानिमा बैंकको मोबाइल बैंकिङ्ग योजनामा विशेष अफर

१४ भाद्र २०७९, मंगलवार १८:२८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टपअप गर्नुहुने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्र्न सक्नुहुनेछ । यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नुहुनेछ ।

मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी,क्युआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नुहुनेछ । सो योजना २०७९ भाद्र १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागू हुने भएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*