राप्ती हाइड्रोको शेयर आजदेखि कारोबार, पहिलो दिनमै सर्किट
१५ भाद्र २०७९, बुधबार ११:१०

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओ आजदेखि शेयरबजारमा कारोबारमा आएको छ । कम्पनीको शेयर मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि ‘आरएचजीसीएल’ सिम्बोलबाट कारोबारमा आाएको हो ।
कम्पनीको शेयर ३१९ रुपैयाँबाट कारोबार खुलेको हो । कारोबारमा आएको पहिलो दिन नै सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म राप्ती हाइड्रोको शेयर १० प्रतिशतले बढेर शेयरमूल्य ३५० रुपैयाँ ९० पैसा पुगेको छ ।














