उतारचढावकाबीच शेयरबजारमा २१ अंकको गिरावट, हाइड्रोपावर र वित्त सूचक सर्वाधिक घट्दा कारोबार खुम्चियो

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज २१.९७ अंकले घटेर १९७३ को विन्दु्मा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर किनेबच हुँदा १ अर्ब १२ करोडमाथिको कारोबार भएको छ । पछिल्ला केही दिनहरुमा शेयरबजारमा कारोबारमा खासै उत्साह देखिएको छैन । लगानीकर्ताहरुमा उत्साह घट्दै गएकाले कारोबार रकम खुम्चिन पुगेको हो । गत आर्थिक वर्षको भदौ महिनामा २१ अर्बसम्मको कारोबार भएको थियो ।
लगानीकताहरुको संगठन र धितोपत्र बोर्डबीच १९ बुँदे सहमति भएपनि त्यसको कार्यान्वयन हुन नसक्दा पुँजीबजार सुधारको कार्य तथा नीति ल्याउन नसकेको लगनीकर्ताहरुको भनाई छ । सोहीबी लगातीकर्ता समितिले मंगलबार नेप्सेका सिइओलाई ध्यानाकर्षण पत्र बु्झाएका छन् ।
आज नेप्सेमा रहेका १३ उपसूचक नै राताम्य छन् । सर्वाधिक फाइनान्स समूहको २.४२ प्रतिशतले घट्न पुगेको छ भने लगानीकर्तारुको संख्या धेरै रहेको हाइड्रोपावर समूहको २.१७ प्रतिशतले घट्न पुगेको छ ।












