सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस नतिजा

१६ भाद्र २०७९, बिहीबार १०:२०

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ कम्पनीले बुधबार बाँडफाँट गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सोही शेयर कम्पनीले बुधबार बाँडफाँड गरेको हो ।

आंशिक रुपमा बाँडफाँटमा परेको वा बाँडफाँडमा नपरेको शेयर बापतको रकम भदौ २० गते, सोमबारदेखि आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ । आइपीओ सम्बन्धि नतिजा हेर्नको लागि कम्पनीको बिक्री प्रबन्धकको वेबसाइट https://bokcapital.com.np/ अर्थात् आइपीओ निष्काशनकर्ताको वेबसाइट मार्फत हेर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*