नेपाल टेलिकममा लगानीकर्ता झुम्मिए, यी हुन आज सर्वाधिक कारोबार भएका टप कम्पनी

१६ भाद्र २०७९, बिहीबार १५:०६

काठमाडौं । बिहिबार शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ ।

नेप्से घटेसँगै कारोबार रकम समेत एक अबए ३८ करोड रुपैयाँमा सीमित हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा आज एनटिसीका शेयर लगानीकर्ताहरुले शेयर धमाधम किनबेच गरेका छन् ।

नेपाल टेलिकमको आज १२ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५करोड ६५ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८८ लाख, रिडी हाइड्रोपावरको ४ करोड १६ लाख रुपैयाँ र अरुण काबेली पावरको ३ करोड ८२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*