नेप्सेमा झिनो अंकको गिरावट, ७ उपसूचकमा छायो हरियाली

१६ भाद्र २०७९, बिहीबार १५:१४

काठमाडौं । बिहिबार शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ ।

पछिल्लो समय शेयरबजारको अवस्था खस्किँदो अवस्थामा छ । मौद्रिक नीतिपछि शेयरबजारमा सुधार आउने आशामा रहेका लगानीकर्ताहरुमा निराशापन छाएको छ । लगानीकर्ताहरुको १९ बुँदे माग सम्बोधन हुन नसक्दा पुँजीबजार सुधार नभएको लगानीकर्ताहरुको भनाई छ ।

आज नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३८ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज जीवन बीमा, माइक्रोफाइनान्स, निर्जिवन बीमा, फाइनान्स, हाइड्रोपावर, विकास बैंक र होटल तथा पर्यटन समूह बढेको छ भने ६ उपसूचक राताम्य छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*