नेशनल लाइफ इन्स्योरेन्स छिरेको २६ वर्षपछि सिईओ बन्दै सुरेश खत्री

२१ बैशाख २०७८, मंगलवार १०:३८

काठमाडौं । मानिसले धैर्यता गरेमा एक दिन समय आउँछ भन्ने कुरा अबको केही दिनपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बन्दै गरेका सुरेश प्रसाद खत्रीलाई हेर्नुपर्दछ । २६ वर्ष पहिले एक्जुकेटिभ एसिस्टेन्टबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेका खत्री गत पुस ३ गतेबाट कामु सिईओको रुपमा कार्यरत छन् भने अबको केही दिनभित्रैमा पूर्ण अधिकारी सहितको सिईओ बन्दैछन् ।

खत्रीलाई सिईओमा नियुक्ती गर्ने सम्बन्धमा यसै साता मात्रै सञ्चालक समितिले आवश्यक निर्णय गरिसकेको छ ।नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले खत्रीलाई सिईओमा नियुक्तीका लागि तलव सहित तोकेर आवश्यक स्वीकृतिका लागि बीमा समितिमा पेश गरेकोछ । बीमा समितिले आवश्यक अध्ययन पश्चात स्वीकृति दिएपछि खत्री औपचारिक रुपमा सिईओको कार्यभार सम्हाल्नेछन् । निजि क्षेत्रको पहिलो बीमा कम्पनीको रुपमा ३४ वर्षअघि स्थापना भएको कम्पनी हो ।

बीमा पोष्टसँग संक्षिप्त प्रक्रिया दिँदै सिईओमा प्रस्तावित भएका खत्रीले कोभिडको महामारीपछि नयाँ रणनीति बनाएर अघि बढ्ने बताए । उनले आफू एक्लै हिड्ने भन्दा पनि टिमसँगको सहकार्यमा उत्कृष्ट बीमा सेवा प्रवाह गरेर कम्पनीलाई अझै सशक्त, जुझारु र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*