कुमारी बैंकले शुन्य मौज्दातमा खोलि कारोबार नभएका खाता बन्द गर्ने

२२ भाद्र २०७९, बुधबार ११:०९

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षअघिदेखि शुन्य मौज्दातमा खोलि कारोबार नभएका खाताहरु बन्द गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा भएको व्यवस्थाअनुसार बैंकमा खोलिएका १० वर्ष देखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्ने कुमारी बैंकले जनाएको हो ।

१० वर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाताहरुको नाम नामेसी सहितको विवरण बैंकको आधिकारीक वेबसाइट मा राखिएको छ । सम्बन्धित खातावालाहरुले आफ्नो नजिकको शाखा कार्यालयमार्फत सम्पर्क गरी आफ्नो खाता सूचारु गर्न सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*