एनएमबि बैंकको उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत
२२ भाद्र २०७९, बुधबार १४:१४

काठमाडौं । एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको उक्त ऋणपत्र ‘एनएमबियुआर९३।९४’ सिम्बोलबाट सूचीकृत भएको हो ।
बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २७ लाख २७ हजार ४३७ कित्ता ‘एनएमबि उर्जा ऋणपत्र ४% २०९३।९४’ नामक ऋणपत्र मंगलबार सूचीकृत भएको हो ।
सूचीकृतपश्चात उक्त ऋणपत्र आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आइसकेको छ ।













