दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२८ भाद्र २०७९, मंगलवार १०:३८

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको दुई म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सनराइज फर्स्ट म्युचुअल फण्ड र एनआईबिएल प्रगति फण्डले प्रतिफल वितरण प्रयोजनार्थ भदौ २९ गते बुकक्लोज गर्ने भएकोले आजसम्म कायम इकाईधनीले मात्र यी दुई फण्डको प्रस्तावित लाभांश पाउनेछन् ।

सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले १२ प्रतिशतका दरले हुने १० करोड ३२ लाख रुपैयाँ र एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले कर सहित ४.२० प्रतिशतका दरले हुन आउने ३ करोड १५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

सनराइज फर्स्ट म्युचुअल फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने एनआईबिएल प्रगति फण्डको एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*