सानिमा इक्विटी फण्डद्धारा लाभांश घोषणा

२८ भाद्र २०७९, मंगलवार ११:११

काठमाडौं । सानिमा इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । फण्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

योजना ब्यबस्थापक सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्ड नामक योजनाको आर्थिक बर्ष २०७८।७९ सम्मको मुनाफा तथा संचित रकम बाट योजनाका ईकाईधनीहरुलाई २२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ ।

क्यापिटलले इकाईधनीहरुलाई २२ प्रतिशतले हुन आउने २८ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*