ब्रोकर लाईसेन्स सम्बन्धी नियमावली परिमार्जन भएको भन्दै असन्तुष्ट धितोपत्र बोर्ड, पुनः संशोधनको लागि मन्त्रिपरिषदमा पठाउने तयारी

२८ भाद्र २०७९, मंगलवार १३:१०

काठमाडौं । नेपाल सरकारले ब्रोकर लाइसेन्स दिने नियामावली, २०६४ मा गरेको संसोधनमा नेपाल धितोपत्र बोर्डले असन्तुष्टी जनाएको छ ।बोर्डले संचालकहरु मार्फत पारित गराएको प्रस्ताव परिमार्जन भएर आएको भन्दै बोर्डले असन्तृष्ट जनाएको छ। कानुनी प्रक्रिया नै नमिलेपछि बोर्डले पुनः संशोधनको लागि मन्त्रिपरिषदमा पठाउने तयारी गरेको सेबोनका उच्च अधिकारीले जनाए ।

सोमबार धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली, २०७९ र धितोपत्र बजार संचालन (दोश्रो संशोधन) नियमावली, २०७९ मा गरिएको संसोधन वेवसाइडमा अपलोड गरेपनि धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा गरिएको संशोधन सम्बन्धी कुनै जानकारी दिएको छैन ।

बोर्ड स्रोतका अनुसार नियमावलीमा तीन वर्षसम्म नयाँ ब्रोकर लाइसेन्स दिन नपाईने व्यवस्था गरिएको भन्दै बोर्डले संशोधित नियमावली वेवसाइटमा अपलोड नगरिएको हो ।बोर्डले ब्रोकर लाइसेन्स खुल्ला गर्ने गरि नियमावली प्रस्ताव गरेका थियौं । तर, मन्त्रिपरिषद्को निर्णयले ३ वर्षसम्म कुनै पनि ब्रोकरलाई लाइसेन्स जारी गर्न नमिल्ने भएपछि पुनः नियमावली संशोधनका लागि मन्त्रिपरिषदमा पठाइएको छ।’

मन्त्रीपरिषद्ले भदौ २१ गते पारित गरेको नियमावली गत बिहीबार धितोपत्र बोर्डमा पुगेको थियो । त्यस लगत्तै बोर्ड अध्यक्ष हमालले धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक बोलाएका थिए । उक्त प्रस्तावमा भएको नियमावलीमा भएको तीन वर्ष ब्रोकर लाइसेन्स दिन नपाउने व्यवस्था हटाउने गरी फेरि नियमावली संशोधन हुनु पर्ने प्रस्ताव सञ्चालक समितिको बैठकमा राखेका थिए । सञ्चालक समितिले हमालको प्रस्ताव स्वीकृत गरेपछि आइतबार उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पुर्याइएको थियो ।

तर नेपाल अर्थमन्त्री शर्मा भने दक्षिणल कोरिया भ्रमणको लागि गएका छन् । उनी भदौ ३१ गते नेपाल फर्कर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री शर्मा आएपछि मात्रै उक्त प्रस्ताव संसोधन गर्ने वा नगर्ने भन्ने बिषयमा छलफल हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*