४७ अंकले बढेको शेयरबजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार
२९ भाद्र २०७९, बुधबार १५:०७

काठमाडौं । केही दिनयता लगातार घटेको शेयरबजारमा दुईदिनयता उकालो लागेको छ । शेयरबजारमा हिजो र आज चमत्कारिक बृद्धि हुँदा लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।
आज नेप्से सूचक ४७.४४ अंकले बढेर १९८१ विन्दुमा कायम भएको छ । नेप्से सूचब बढेसँगै एक अर्ब ४५ करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको सर्वाधिक ६ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख, हिमालय एभरेष्ट इन्स्योरेन्सको ४ करोड ३४ लाख, अपि पावगरको ४ करोड २९ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।














