दोहोरो अंकले घट्यो शेयरबजार, १२ उपसूचक राताम्य हुँदा कारोबार ९० करोडमा सीमित

काठमाडौं । शुक्रबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५७ अंकले घटेको नेप्से परिसूचक आज १४.१० अंकले घटेर १९१० को विन्दुमा कायम हुन पुगेको छ ।
नेपाल बैंकर्स संघको बसेको कार्यसमितिको बैठकले बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशनमा रही आफुखुशि ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेसँगै आज बैंकहरुले धमाधम ब्याजदर बढाएर सार्वजनिक गरेको छ ।
सोही अनुरुप आज शेयरबजारमा यसको प्रभाव पर्न गएको छ । बैंकहरुहरुले आफुखुसि ब्याजदर निर्धारण गर्न पाउने भएसँगै नेप्से सूचक १४ अंकले घटेको हो ।
नेप्सेमा सूचीकृत २२० कम्पनीको २९ लाख १६ हजार २७१ कित्ता शेयर किनबेच हुँदा ९० करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । बिहिबार २ अर्बमाथिको कारोबार भएको शेयरबजारमा आज लगानीकर्ताको उत्साह घटेसँगै कारोबार रकम ९० करोडमा झरेको हो ।
त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड सूचक बाहेकका सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक आज विकास बैंक सूचकको १.२७ प्रतिशतले घटेको छ । नेप्से घटेसँगै आज कारोबार रकम समेत ह्वात्तै घटेको छ । बिहिबार २ अर्बमाथिको कारोबार भएकोमा आज फेरी कारोबार रकम करोडमा झरेको छ ।
।













