तीन वटा एक्सचेन्जको लाइसेन्स खुलाउने धितोपत्र बोर्डको निर्णय, दुई वटा कमोडिटी र एक वटा स्टक एक्सचेन्जको लाइसेन्स खुल्ला

२ आश्विन २०७९, आईतवार ०८:३९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन एक्सचेन्जको लाइसेन्स वितरण गर्न लाईसेन्स खुलाउने निर्णय गरेको छ । बोर्डले आज सार्वजनिक सूचनामार्फत दुई वटा बस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) र एक वटा धितोपत्र बजार (स्टक एक्सचेन्ज) सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको छ ।

बोर्डले बस्तु उत्पादकलाई बजारसम्म पहुँच पुर्उयाउन, बस्तुको मूलय आविस्कारमा सघाउन र मूल्य स्थीरता कायम गर्न लगानीकर्ताहरुलाई लगानीको बैकल्पिक उपकरणप्रदान गर्ने उद्देश्यले कमोडिटी स्टक एक्सचेन्ज सञ्चालन गर्न दिन लागिएको जनाएको छ ।

त्यस्तै, धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी र लगानीकर्तामैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधिसहितको क्षमतायुक्त बनाउन एक वटा स्टक एक्सचेन्जको लाइसेन्स खुल्ला गरिएको जनाएको छ । तीन वटै एक्सचेन्जमा आगामी ४५ दिनभित्रमा आवेदन दिई छनौट भई बोर्डको सिफारिससहित कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्न पाइनेछ । त्यसरी दर्ता भएका कम्पनले एक्सचेन्जको लाइसेन्स पाउनेछन् ।

धितोपत्र बोर्डले माफियासँगको सेटिङमा स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको हो । नेपालमा कमोडिटी स्टक एक्सचेन्जको आवश्यकता भएपनि शेयर मार्केट स्टक एक्सचेन्जको आवश्यकता छ वा छैन भन्ने विषयमा बहस भइरहेको छ ।

माफियासँगको सेटिङमा बोर्डले धितोपत्र बजार नियमावलीलाई संशोधन गरेर शेयर मार्केट स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको हो । धितोपत्र बोर्डका अध्यक्ष डा. रमेश हमाल आएपछि नक्सालको एक होटलमा बसेर लगातार माफियासँगको सेटिङमा लगानीकर्ताको भविष्य जोखिममा पार्ने काम गर्दै आइरहेका छन् ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*