ङादी ग्रुप पावरको अवतरित हकप्रद आजदेखि लिलामीमा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज (असोज २ गते)देखि अवतरित हकप्रद शेयर बोलकबोल माध्यमद्धारा बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको १२ लाख ५७ हजार २९० कित्ता शेयर यहि असोज २ गतेबाट बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।
उक्त शेयरमा असोज १३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनु पर्नेछ ।
कम्पनीले उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेका छ । यसर्थ आवेदन दिंदा न्युनतम १०० रुपैयाँ कबुल गरि आफ्नो बोलपत्र पेश गर्नुपर्ने छ ।
शेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । क्यापिटलको कार्यालय नक्साल तथा सिद्धार्थ बैंकको शाखाहरु बिराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल , घोराही, नेपालगंज, सुर्खेत, धनगडी र महेन्द्र नगर शाखाबाट बोलपत्र आवेदन बुझाउन र भर्न सकिने छ ।













