राधी विद्युत कम्पनीको भोलिदेखि हकप्रद शेयर खुल्ला हुँदै, कस–कसले दिन पाउछन् आवेदन ?

४ आश्विन २०७९, मंगलवार ११:४१

काठमाडौं ।  राधी विद्युत कम्पनीले भोलिदेखि हकप्रद शेयर खुल्ला हुने भएको छ। कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात् १ :१।४७५२ अनुपातमा रू। १०० अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

भदौ १२ गते बुक क्लोज गरिसकेको छ ।यस आधारमा भदौे १० गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रद शेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालय र मेरोशेयर वेबसाइट र एप मार्फत आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्तापूँजी रु।६४ करोड ६४ लाख ४ हजार ६२२ रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको पूँजी रु। १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*