सिवाइसी नेपाल र आँधिखोला लघुवित्तको विशेष साधारण सभा आज बस्दै, मर्जर प्रस्ताव पारित हुने

७ आश्विन २०७९, शुक्रबार १०:२४

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकआपसमा मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्न आज विशेष साधारण सभा बस्दैछन् ।

आँधिखोला लघुवित्तको भदौ २२ गते बसेको संचालक समितिको बैठकले सभा आज (असोज ७ गते) शुक्रबार, होटल गाउँबेशीको सभाहल वालिङ–८ वालिङ, स्याङ्जामा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

त्यस्तै, सिवाईसी नेपाल लघुवित्तको भदौ २२ गते बसेको संचालक समितिको बैठकले सभा आन (असोज ७ गते) शुक्रबार, संस्थाको केन्द्रीय कार्यालय, पोखरा महानगरपालिका–८, सभागृह चोक, कास्कीमा बस्ने निर्णय गरेको हो । यी दुवै संस्थाको बिशेष साधारण सभाले एक आपसमा गाभ्ने, गाभिने वा मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच एक आपसमा गाभिने प्रयोजनका लागि मूल्याङ्गकनकर्ताबाट प्राप्त प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात सम्बन्धमा छलफल गर्ने, मर्जरमा जाने सम्बन्धि सम्झौतापत्र (एमओयू)मा सम्पत्ति, दायित्व र कारोबारको डीडीए को बारेमा छलफल गरी अन्तिम सम्झौतपत्र स्वीकृत गर्ने, डीडीए गर्न नियुक्त लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धको प्रस्तावहरु छलफल गरी पारित गर्नेछ ।

साथै दुबै संस्थाको सभाले एक आपसमा मर्जरमा जाने सम्बन्धि प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न संचालक समितिलाई अख्तियारी समेत प्रदान गर्नेछ ।

सिवाइसी नेपाल लघुवित्तले आँधिखोला लघुवित्तसँगको मर्जर प्रयोजनका लागि असार २३ गतेदेखि संस्थाको शेयर कारोबार रोक्का रहेकोले भदौ २९ देखि असोज ७ गतेसम्म विशेष साधारण सभाको लागि बुकक्लोजको मिति तोकेको छ । साथै आँधिखोला लघुवित्तको पनि असार २३ गतेदेखि नै शेयर कारोबार रोक्का रहेकोले भदौ २९ देखि असार ७ गतेसम्म विशेष साधारण सभा प्रयोजनार्थ बुकक्लोजको मिति तोकेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*