समीट लघुवित्तको २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा संस्थाले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।
लघुवित्तले संस्थापक समूहतर्फको २२ हजार २१५ कित्ता शेयर बिक्रीका लागि सूचना प्रकाशित गरेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा के कति कित्ता शेयर खरिद गर्न सम्पूर्ण विवरण खुलाई दरखास्त दिन सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।












