सानिमा बैंकको ५१ लाख कित्ता शेयर बिक्रीमा

७ आश्विन २०७९, शुक्रबार १२:५८

काठमाण्डौं । सानिमा बैंकले ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो। विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ।

इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी काठमाण्डौको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्ने संख्या खुलाई निवेदन दिनुपर्नेछ। निवेदन दिँदा न्यूनतम १० लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ।

तोकिएको समयभित्र सेयर खरिद आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार संस्थापकभन्दा बाहिरका व्यक्ति तथा संस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*