सिक्लेस हाइड्रोपावरको आइपीअो भोलि बिहान बाँडफाँड हुँदै, एक लाख बढीले शेयर पाउने

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ भोलि (असोज ११ गते) बिहान ९ बजे बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडका अनुसार आइपीओ बाँडफाँड क्यापिटलकै कार्यालय नारायणचौर काठमाडौंमा बाँडफाँड हुनेछ ।
कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन दिएका छन् । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो ।
मागभन्दा बढी आवेदन परेकोले आइपीओ बाँडफाँड गोलाप्रथाद्धारा नै हुनेछ । कम्पनीले कुल कित्ता मध्ये १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणको लागि निष्काशन गरेको थियो । यसअनुसार १ लाख ५ हजार ८०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी १४ लाख ३२ हजार ५८३ जनाको हात रित्तो हुनेछ ।












