बैंकहरुको ब्याजदर घट्ने विषयले शेयरबजारमा १५ अंकको सुधार, कारोबारमा देखिएन उत्साह

११ आश्विन २०७९, मंगलवार १५:१७

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा एकाएक १५ अंकको सुधार आएको छ । बैंकहरुले असोज महिनादेखि लागूहुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेयता शेयरबजार प्रभावित बन्न पुगेको छ ।

केहीदिनपछि आज नेप्से सूचक १५.९२ अंकले बढेर १८३१ विन्दुमा कायम हुन पुगेको छ । बैंकहरुले प्रकाशन गरेको ब्याजदरप्रति उद्योग वाणिज्य महासंघ तथा विभिन्न संघसंस्थारुले आपत्ति जनाएसँगै अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुको ब्याजदर घटाउने कमिटी बनाएको छ ।

बैंकहरुको ब्याजदर घट्न सक्ने सम्भावना बढेसँगै आज पुँजीबजारमा एकाएक सुधार देखिएको हो । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ६६ करोड ३० लाख १३ हजार रुपैयाँको मात्रै कारोबार भएको छ ।

शेयरबजारमा सामान्य सुधार देखिएपनि कारोबार भने सन्तोषजनक देखिएको छैन । अघिल्ला दिनहरुमा ओभरल सबै सूचक घटेकाले लगानीकर्ताहरुमा उत्साह घटेको छ । लगानीकर्ताहरु निराशा बनेसँगै आज शेयरमार्केटमा कारोबार रकम घट्न पुगेको हो ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन सूचकको ०.८२ प्रतिशत र म्युचुअल फण्ड सूचकको ०.४७ प्रतिशतले घट्न पुगेको छ भने सर्वाधिक आज विकास बैंक समूहको १.६२ प्रतिशत र फाइनान्स सूचकको १.४६ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*