नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर तथा कमोडिटी एक्सचेञ्ज लाइसेन्सका लागि नबिल इन्भेष्टमेन्ट बैकिङ्गले सघाउने

१२ आश्विन २०७९, बुधबार १३:४४

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ स्टक एक्सचेञ्ज, वस्तु विनिमय (कमोडिटी एक्सचेञ्ज) र ब्रोकर लाइसेन्सका लागि आवेदन दिनुपूर्व आवश्यक सम्पूर्ण कागजातसम्बन्धित तयारी गरिदिने भएको छ ।

बोर्डले असोज २ गते नयाँ स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन खुलाएको थियो । सो लागि इच्छुक संगठित संस्थाले सम्बन्धित संस्था स्थापनाका लागि सेबोनमा रितपूर्वक आवेदन दिनुपर्नेछ । धितोपत्र बोर्डले संगठित संस्था स्थापना गर्नका लागि केही केही नियमावली तथा निर्देशन पुरा गर्नुपर्ने जनाएको छ । सो का लागि नबिल इन्भेष्टमेन्ट बैकिङ्गले सघाउने भएको हो ।

नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले जारी गरेको विज्ञप्ति : 

नेपाल धितोपत्र बोर्डद्धारा मिति २०७९/०६/०२ मा प्रकाशित गरिएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि बोर्डमा निवेदन दिने सम्बन्धी सूचना अनुसार धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रबिधी सहितको क्षमता युक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्ने तथा स्थापित वास्तविक क्षेत्रका सङ्गठित संस्थाहरुलाई धितोपत्र बजारमा भित्र्याई राष्ट्रिय पूँजी निर्माण र परिचालनलाई सहजिकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न दिई धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिष्पर्धा, विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न उद्देश्यले धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही सीमित दायित्वको सङ्गठित संस्था स्थापना गर्न चाहनेले त्यस्तो संस्था स्थापना गर्नु अघि बोर्डबाट सिफारिस लिनु पर्ने व्यवस्था रहे बमोजिम त्यस्तो सिफारिस लिन चाहनेहरुका लागि धितोपत्र बोर्डबाट सिफारिस गर्न लागेको हुँदा सो प्रयोजनको लागि धितोपत्र सम्बन्धी ऐन, २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ (संशोधन सहित) र धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डवाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ बमोजिम ईच्छुक आवेदकहरुबाट शसर्त आवेदनका लागि आव्हान गरेको छ ।

यसरी वस्तु विनिमय बजार सञ्तालनको अनुमति प्राप्त गर्न वा धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति तथा धितोपत्र बजार सञ्चालनका लागि संङ्गठित संस्था स्थापना गर्ने सिफारिसका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने भएकोले निवेदन दिनु पूर्व आवश्यक पर्ने सम्पूर्ण कागजातहरू जस्तै कम्पनीको व्यवसायिक योजना, सम्भाव्यता अध्ययन प्रतिवेदनआदी तयारीका लागि नबिल इन्भेष्टमेण्ट बैकिगं लिमिटेडले पूर्ण सहयोग गर्ने भएको छ ।

आफ्नो संस्थागत परापर्श सेवा अन्तर्गत सञ्चालन गर्ने धितोपत्र व्यवसायको किसिम अनुसारको सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रक्षेपित वित्तीय विवरण, व्यवसायिक योजना, कार्य प्रणाली सम्बन्धि विवरण , जनशक्ति व्यवस्थापन निर्देशिका सहितका अन्य आवश्यक कागजातहरू तयार गरिदिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । यसका लागि सो सेवा लिन चाहने व्यक्ति तथा संस्थाहरूले यस नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको संस्थागत परामर्श सेवा विभागमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

यस सम्बन्धि विस्तृत जानकारीको लागि नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड, नक्साल, काठमाण्डौ को फोन नम्बर ४४११६०४, ४४११७३३ को एक्टेन्सन नम्बर १६०, १३१ र १३० मा सम्पर्क गर्नुहुन वा मोबाईल नं. ९८५१२२१२०९, ९८४१८९८९४९, ९८१३६२६९६९ वा इमेल [email protected] मा आफ्नो जिज्ञासा राख्नु हुन अनुरोध गरिन्छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*