लक्ष्मी बैंकको १४३औं शाखा बागलुङको गल्कोटमा

१२ आश्विन २०७९, बुधबार १७:२३

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा १४३ औं शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा संचालनमा ल्याएकोे हो ।

यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ७१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*