नेपाल इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
१३ आश्विन २०७९, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको सुधार आएको छ । बैंकहरुको ब्याजदर घट्न सक्ने सम्भावनाले दुई–तिन दिनयता शेयरबजारमा सुधार देखिएको छ ।
आज नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३ विन्दुमा पुगेको छ । शेयरबजारमा सुधार देखिदा आज ६३ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । अघिल्लो दिन शेयरबजारमा जम्मा ४८ करोडमको मात्रै कारोबार भएको थियो ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नेपाल इन्स्योरेन्स प्रोमोटर शेयरको ४ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको २ करोड ९० लाख, एनटिसीको २ करोड ६२ लाख, रिडी हाइड्रोपावरको २ करोड २० लाख र हिमालय डिस्टिलरीको २ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ।













