सानिमा इक्वीटी फण्डको नगद लाभांश इकाईधनीको खातामा जम्मा
१४ आश्विन २०७९, शुक्रबार ११:४६

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको सानिमा इक्वीटी फण्डले आफ्ना इकाईधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
फण्डले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कर सहित २२ प्रतिशतका दरले इकाईधनीलाई नगद लाभांश वितरण गरेकोमा उक्त लाभांश इकाईधनीको बैंक खातामा जम्मा गरिदिएको हो ।
साथै हालसम्म पनि हितग्राही खातामा इकाई जम्मा भईनसकेका इकाईधनीहरुले सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो हितग्राही खाता नम्बर अद्यावधिक गराउन आग्रह गरेको छ ।












