राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी

२४ आश्विन २०७९, सोमबार ११:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्ने जनाएको छ । बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ ट्रेजरी जारी गर्नेछ । उक्त ट्रेजरी कात्तिक २२ गते परिपक्व हुनेछ । यस्तै, ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्नेछ । उक्त ट्रेजरी पुस २६ गते परिपक्व हुनेछ ।

यस्तै, १८२ दिनको लागि ३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्नेछ । उक्त ट्रेजरी चैत २८ गते परिपक्व हुनेछ । १ वर्षको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ । उक्त ट्रेजरी २०८० असोज २३ गते परिपक्व हुनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*