२७ अंकले घट्यो नेप्से परिसूचक, विकास बैंक र हाइड्रोपावर समूह सर्वाधिक घट्यो

२४ आश्विन २०७९, सोमबार १५:१७

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । दशैंपछि खुलेको शेयरबजारमा अघिल्लो दिन एकाएक ४४ अंकले नेप्से सूचक बढेसँगै लगानीकर्ताहरुमा अब शेयरमार्केट उकालो लाग्ने आशासँगै उत्साह थपिएको थियो ।

आज पुनः शेयरबजारमा २७ अंकले घट्न पुग्दा लगानीकर्ताहरु निराश बन्न पुगेका छन् । सोमबार नेप्से परिसूचक २७ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर किनबेच हुँदा ९७ करोड १७ लाख ६७ हजार रुपैयाँ माथिको कारोबार भँँएको छ । नेप्से सूचक घटेपनि आज हिजोको तुलनामा कारोबार रकम केही बढ्न पुगेको छ ।

त्यस्तै, आइतबार सबै सूचक बृद्धि भई हरियाली छाएकोमा आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य छन् । म्युचुअल फण्ड सूचक ०.८४ प्रतिशतले बढ्दा सर्वाधिक विकास बैंक सूचक २.६५ प्रतिशत र हाइड्रोपावर सूचक २.१५ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*