त्रिशुली जलुविद्युतद्धारा शेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम भुक्तानी गर्न आग्रह

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम भुक्तानी गर्न आग्रह गरेको छ । कम्पनीले साविक सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको आइपीओको चुक्ता हुन बाँकी रकम तिर्न भनेको हो ।
कम्पनीले २०७५ साल चैत ७ गतेदेखि चैत ११ गतेसम्म अंकित मूल्य १० रुपैयाँका दरले कुल ३७ लाख ५ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । सोही आइपीओको कम्पनी ऐन २०६३ को दफा ५३ मा भएको व्यवस्थाको अधिनमा रही कम्पनीले साविकका शेयरधनीहरुसँग हाल भुक्तानी हुन बाँकी प्रतिकित्ता मूल्य ९० रुपैयाँ बुझाउन आग्रह गरेको हो ।
कम्पनीका अनुसार चुक्ता हुन बाँकी रकम अन्तिम दिन कात्तिक १७ गतेसम्म ब्याज वापत पाउने प्रतिकित्ता ३ रुपैयाँ कटौती गरी भुक्तानी हुन बाँकी रकम ८७ रुपैयाँ भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
उक्त रकम सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो शेयरबाट’ पनि सर्वसाधारणहरुले आवेदन गर्न सक्नेछन् ।












