सनराइज बैंकले खातावालाहरुलाई जारी गर्यो यस्तो सूचना
२५ आश्विन २०७९, मंगलवार ११:०६

काठमाडौं । सनराइज बैंक लिमिटेडले १० वर्षदेखि खाता खोली कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ । बैंकले १० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु हालसम्म पनि कारोबारमा नभएका खाता सूचारु गर्न आग्रह गरेको हो ।
बैंकले १५ दिनभित्र त्यस्ता खाता खोलेका खातावालाहरुलाई बैंकमा सम्पर्क गर्न भनेको छ । साथै सो म्यादभित्र खाताहरु सक्रिय नभएमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सो खाताहरु बैंकद्धारा र्नै बन्द गरिने जनाएको छ ।













